२०८२ पुस ४ , शुक्रबार

एनपीएल दोस्रो संस्करणको अक्सन साउन २४ गते



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको अक्सन यही साउन २४ गते हुने भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार (साउन १०) एक विज्ञप्ति जारी गर्दै अक्सनबारे जानकारी गराएको हो ।

क्यानका अनुसार, प्रतियोगिताका दोस्रो संस्करणको अक्सनका निम्ति कुल ४५८ खेलाडीले आफ्नो नाम दर्ता गराएका छन् । क्यानले जुलाई १२ देखि २२ सम्म खेलाडी दर्ताको समयसीमा तोकेको थियो ।

प्रतियोगिताको दोस्रो संस्करण क्यानले आउँदो नोभेम्बरमा गर्ने वार्षिक क्यालेन्डरमा उल्लेख छ । निश्चित मिति भने सार्वजनिक गरिएको छैन ।

गत वर्ष मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयोजित प्रतियोगिताको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार