२०८२ पुस ४ , शुक्रबार

घाँस काट्ने मेसिनबाट करेन्ट लागेर दम्पतीको मृत्यु



काठमाडौँ– सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको करेन्ट लागेर मृत्यु भएको हो।

शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो।

मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए। ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो। ‎

उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए।

प्रारम्भिक विवरणअनुसार घाँस काट्ने विद्युतीय मेसिनमा रहेको विद्युत् लाइनमा समस्या आएर दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८२ साउन १० गते शनिबार